नियम १०
बिवरण तयार गर्नु पर्ने; (१) स्थानीय तहले आफ्नो क्षेत्रभित्रको देहायको विवरण तयार गरी सोको अभिलेख राख्नु पर्नेछ
-
(क) निरक्षर नागरिक,
(ख) अपाङ्गताको प्रकृति अनुसार अपाङ्गता भएका बालबालिका,
(ग) आर्थिक, भौगोलिक, शारीरिक वा मानसिक अवस्था वा अन्य कुनै प्रतिकृलताका कारण विद्यालय जान नसकेका बालबालिका,
(घ) आधारभूत तथा माध्यमिक तहमा अध्ययनरत दलित बालबालिका,
(ङ) अभिभावक पहिचान नभएका वा पत्ता नलागेका बालबालिका,
(च) शहीद, बेपत्ता पारिएका व्यक्ति, द्वन्द्व पीडित, घाइते तथा अपाङ्गता भएका व्यक्तिका छोराछोरी,
(छ) विद्यालयमा अध्ययन गर्ने अवसर नपाएका वा अध्ययन गर्ने क्रममा बीचैमा पढाई छाडेका विद्यालय उमेर समूहका बालबालिका ।
(२) उपनियम (१) बमोजिम राखिएको विवरणलाई स्थानीय तहले प्रत्येक वर्षको शैक्षिक सत्र समाप्त भएको मितिले एक महिनाभित्र अद्यावधिक गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको विवरणको आधारमा सार्वजनिक विद्यालयमा आधारभूत तह र माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई यस नियमावली बमोजिमको छात्रवृत्ति, विशेष व्यवस्था तथा अवसर प्रदान गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्रदान गरिने सुविधाको वास्तविक रकम स्थानीय तहले सम्बन्धित विद्यालयलाई उपलब्ध गराउनु पर्नेछ।
(५) उपनियम (१) बमोजिमको विवरण र उपनियम (४) बमोजिम विद्यालयलाई उपलब्ध गराएको वास्तविक रकमको विवरण सम्बन्धित स्थानीय तहले मन्त्रालय र प्रदेश सरकारको शिक्षा सम्बन्धी विषय हेर्ने मन्त्रालयमा पठाउनु पर्नेछ।